वीर अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण नभएको पुष्टि

काठमाडौं – सोमबार वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नभएको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको वीर अस्पतालका डा. विद्यानिधि पौडेलले जानकारी दिए ।

चन्द्रगिरी नगपालिका, सतुंगलकी ३४ वर्षीया महिलालाई निमोनिया भएको भन्दै आइतबार अस्पताल लगिएको थियो । तर उपचारका क्रममा मृत्यु भएपछि कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्