तीन सय अमेरिकी नागरिक बोकेर कतार एयरवेजको जहाज अमेरिका प्रस्थान

काठमाडौं – नेपालमा रहेका करिव ३ सय अमेरिकी नागरिक लाई अमेरिकन सरकाले फिर्ता लगेको छ । मंगलबार कतार एयरवेजको जहाज बाट आफ्ना नागरिकहरुलाई अमेरिकन सरकारले फिर्ता लगेको हो । कतार एयरवेजको जहाज त्रिभुवन विमानस्थलबाट उडेको छ । यो जहाज कतारको दोहा हुँदै अमेरिका लाग्ने छ ।

नेपालमा लकडाउन लम्बिएपछि यहाँ फसेका नागरिकलाई मुलुकहरुले धमाधम फिर्ता लगिरहेका छन् । नेपाल पर्यटन बोर्डले सोमबार नेपालका विभिन्न स्थानबाट अमेरिकी नागरिकहरुलाइ काठमाडौंमा जुटाएको थियो ।

यसअघि जर्मनी र फ्रेन्च दूतावासले युरोपियन युनियनका नागरिकलाइ तीन वटा फ्लाइटबाट फिर्ता लगिएको थियो । बुधबार राती अस्ट्रेलियाले नेपाल एयरलाइन्सको जहाजमार्फत आफ्ना नागरिक फिर्ता लैजाँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्