दर्शन जोशीको ‘प्रदेशी त बटिगयो’ डेउडा गीत सार्वजनिक (भिडियो)

काठमाडौँ – दर्शन जोशीको ‘प्रदेशी त बटिगयो’ बोलको डेउडा गीत सार्वजनिक भएको छ । दर्शन जोशी र मन्जु ओझाको स्वरमा रहेको डेउडा गीत निरन्तर मिडियाको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा लय/संगीत र शब्द पनि दर्शन जोशीकै रहेको छ । गीतको संयोजन भने महेश पाण्डेले गरेका हुन् । गीतमा विराज विष्ट र माया धामीको अभिनय देख्न सकिन्छ । डिके रावलले सम्पादन गरेको गीतको निर्देशन भने यशराज भण्डारीले गरेका हुन् । गीतमा प्रदेश जादाखेरी श्रीमती र श्रीमानबीचको कुराकानीलाई झल्काइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्