हिक्मत बोहराको ‘मेरी बसन्ता’ देउडा गीत बजारमा

काठमाडाैं – हिक्मत बोहराको नयाँ देडा गीत ‘मेरी बसन्ता’ सार्वजनिक भएको छ । निरन्तर मिडियाको युट्युब च्यानलबाट उक्त गीत आज सार्वजनिक भएको हो । उक्त गीतमा शब्द, संगीत तथा लय समेत गायक बोहरा कै रहेको छ । दिपक संगम विसीले संगीत संयोजन गरेका छन् ।

सुरेश बोहराको कथा तथा निर्देशनमा तयार पारिएको उक्त भिडियोमा दिपेश ठगुन्नाले छायाकंन गरेका छन् भने बिनोद बमले सम्पादन गरेका छन् । भिडियोमा अभिनयको भूमिकामा सुरेश बोहरा, सरस्वती बन, रामबहादुर खत्री, गड्डु वली, निकिता बोहरा, माया बोहरा रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्