आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने

सांकेतिक तस्बिर

काठमाडाैं – आज आंशिकदेखि सामान्य मौसम बदली भइ अपराह्नतिर कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।

महाशाखाकाका अनुसार आज राति कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

यस्तै भोलि (बिहीबार) देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशको पहाडी भेगका केही स्थानहरू तथा तराई भेगका थोरै स्थानहरुमा अपराह्नतिर मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पहाडी भू–भागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्