चीनमा कोरोनाका ४५ जना नयाँ विरामी भेटिए, ५ जनाको मृत्यु

काठमाडौं – चीनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४५ जना नयाँ विरामी फेला परेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार यो अघिल्लो दिनको तुलनामा भने कम हो । २७ मार्चमा ५४ जना नयाँ संक्रमित फेला परेका थिए ।

आइतबार चिनियाँ स्वास्थ्य अधिकारीहरुले भनेअनुसार नयाँ संक्रमितहरुमध्ये एक जना विदेशबाट आएका व्यक्ति हुन् । शनिबार चीनमा कोरोना भाइरस संक्रमणका कारण पाँच जनाको मृत्यु भएको छ । मृतक सबै हुबेई प्रान्तको वुहान शहरका हुन् ।

गत डिसेम्बरको अन्तिम साता वुहान शहरबाटै कोरोना संक्रमण फैलिन सुरु गरेको थियो । चीनमा हालसम्म ३ हजार ३ सय जनाको मृत्यु कोरोना भाइरसकै कारण भएको छ । अझै ८१ हजार ४ सय ३९ जना संक्रमितको उपचार जारी छ ।

अहिले चीनले कोरोना भाइरस संक्रमणविरुद्धको लडाइँ जितिसकेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बुहान शहरमा लगाइएका प्रतिबन्धहरु विस्तारै हटाउन थालिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्