बाग्लुङकी कोरोना संक्रमित युवतीको धौलागिरी अञ्चल अस्पतालमा उपचार हुदै

काठमाडौ – कोभिड–१९ को संक्रमण पुष्टि भएकी बागलुङ नगरपालिकाकी २२ वर्षीया युवतीलाई धौलागिरी अञ्चल अस्पतालमा उपचार थालिएको छ । युवतीलाई कोरोना पुष्टि भएसंँगै अस्पतालको आइसोलेशन वार्डमा शनिबार भर्ना गराएर उपचार थालिएको अञ्चल अस्पतालले जनाएको छ ।

संक्रमित किशोरीको अवस्था सामान्य छ रहेको र आत्तिनु पर्ने अवस्था नरहेको पनि अस्पताले जनाएको छ । ’ विरामीलाई स्वाथ्यकर्मीकै प्रत्यक्ष निगरानीमा आइसोलेशनमा राखिएको छ ।

यही चैत १२ गते बागलुङ नगरपालिकाको विशेष पहलमा धौलागिरि अस्पतालका स्वास्थ्यकर्मीको टोलीले घरमै पुगेर नमुना संकलन गरेको थियो । ती युवतीले शुरुमा आफूलाई सामान्य ज्वरो आएको तर कठिन नभएकाले स्वास्थ्य परीक्षणसमेत गर्न आनाकानी गर्दै आएकी थिइन् । नमूना संकलन गरेर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौँ पठाइएको स्वाब परीक्षणमा शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

बेल्जियममा आमा रहेकाले दुई महिना घुमेर उनी चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् । त्यही विमानमा आएकी १९ वर्षीया काठमाडौँकी युवतीमा कोरोना भाइरसको संक्रमण भएको चैत १० गते पुष्टि भएको थियो । त्यसपछि सँगै सवार बागलुङका यिनै किशोरीसहित अन्य तीन जनाको समेत खोजी भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्