भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुग्यो, एकै दिनमा १ सय ४९ जना नयाँ संक्रमित भेटिए

नयाँ दिल्ली – भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । केरलामा पनि कोरोनाभाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २१ पुगेको हो ।
शनिबार कोचीस्थित कलामास्सेरी मेडिकल कलेजमा उपचाररत ६९ वर्षीय वृद्धको मृत्यु भएको हो । भारतीय अधिकारीहरूका अनुसार उनी दुबईबाट फर्किएका हुन् ।

उनमा निमोनिया देखिएपछि गत २२ मार्चमा अस्पताल भर्ना गरिएको थियो भने पछि मात्रै कोरोनाभाइरस पोजिटिभ देखिएको इण्डिया टुडेले जनाएको छ ।

अहिलेसम्म भारतको महाराष्ट्रमा पाँच, गुजरातमा तीन, कर्नाटकमा दुई, मध्यप्रदेशमा दुई जनाको मृत्यु भएको छ ।

तमिल नाडू, राजेस्थान, विहार, पन्जाब, दिल्ली, वेष्ट बेंगाल, जम्मु र कश्मिर र हिमाञ्चल प्रदेशमा एक–एक जनाको मृत्यु भएको हो ।

केरलामा अहिलेसम्म एक जनाको मात्रै मृत्यु भए पनि १७६ संक्रमित बिरामीहरू रहेका छन् जसमध्ये ११ जना विदेशी नागरिक समेत रहेका छन् ।

गएको २४ घण्टामा भारतमा १ सय ४९ नयाँ संक्रमित बिरामी थपिएका छन् । त्यहाँ अहिले कोरोनाभाइरस संक्रमित बिरामीको संख्या आठ सय ७३ पुगिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्