१४ प्रतिशत कोरोनाका विरामीमा पुनः संक्रमण भएको तथ्याङ्क फेला, सचेत रहन डाक्टरहरुकाे सुझाव

काठमाडाैँ –  १४ प्रतिशत बिरामीमा पुनः कोरोनाको सङ्क्रमण भएको पाइएको छ ।
स्पेनका जैविक प्रविधिसम्बन्धी राष्ट्रिय केन्द्रका भाइरोलजिस्ट लुई इन्वानेसका अनुसार कम्तीमा १४ प्रतिशत बिरामीमा पुनः कोरोनाको सङ्क्रमण भएको पाइएको छ । यो पुनः सङ्क्रमण भएको नभइ पुरानै भाइरस फेरि बल्झिएको उनी बताउँछन् ।

कतिपय भाइरस शरीरमा तीन महिनाभन्दा लामो समय रहन सक्छ तर कोरोनाको पुनः सङ्क्रमण निकै चाँडो भएकोमा डाक्टरहरुले चिन्ता व्यक्त गरेका छन् ।

जापानका एक पुरुष कोरोना सङ्क्रमणबाट पूरै निको भएर सामान्य जीवनमा फर्किएको केही दिनमा फेरि बिरामी भएको र उनको परीक्षण गर्दा कोरोनाको सङ्क्रमण देखिएको बीबीसीले जनाएको छ । यो निकै चिन्ताको विषय भएको डाक्टरहरुले बताएका छन् ।

प्रतिरोधात्मक क्षमता राम्रोसँग विकास नभएकोले यस्तो हुन सक्ने भए पनि यसले आगामी दिनमा आउने खोप तथा रोग नियन्त्रणमा गम्भीर समस्या ल्याउन सक्ने डाक्टरहरुको बुझाइ छ ।

अहिलेकै लागि भने एक पटक निको भइसकेका कोरोना सङ्क्रमितहरु फेरि सङ्क्रमणको जोखिममा छौँ भन्ने बुझेर स्वास्थ्यको ख्याल गर्न डाक्टरहरुको सुझाव छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्