कोरोना रोकथाम कोषमा मेलम्चीका कर्मचारी तथा शिक्षकहरुबाट १८ लाख

सुशील सुवेदी
सिन्धुपाल्चोक – कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा कार्यरत कर्मचारीले ७ दिन बराबरको तलबको हुन आउने रकम रु ६ लाख ५८ हजार ८ सय ९ र शिक्षकहरुबाट ३ दिन बराबरको तलबको हुन आउने रकम रु ११ लाख ४४ हजार १ सय ३९ जम्मा गर्ने भएका छन् ।

सरकारले कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा खर्च गर्न स्थापना गरेको कोषमा कर्मचारी तथा शिक्षकहरुबाट संकलन भएको रकम रु १८ लाख २ हजार ९ सय ४८ जम्मा गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोइरालाले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्