प्रधानमन्त्री ओलीलाई भेट्न नेपाल अस्पताल पुगे

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपा वरिष्ठ नेता पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लकडाउनकै बीचमा अस्पताल पुगेका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राातिनै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना गर्न नेपाल अस्पताल गएका हुन् ।

प्रधानमन्त्री ओली र नेता नेपालबीच अस्पतालमै अन्य समसामायिक विषयमा करीव ४० मिनेट कुराकानी भएको नेकपा केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

प्रधानमन्त्री शुक्रबार साँझ निवास फर्किने प्रमुख सल्लाहकार विष्णु रिमालले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्