बेलायतका प्रधानमन्त्रीलाई कोरोना भाइरसको संक्रमण

काठमाडौं – बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पाइएको छ ।

जोनसनले ट्वीटरमा भिडियो पोष्ट गरेका छन्, जसमा आफूलाई पछिल्लो २४ घन्टामा ज्वरो आउनुका साथै खोकी लागेको बताएका छन् । मेडिकल अफिसरको सल्लाह अनुसार परीक्षण गर्दा नतिजा पोजेटिभ पाइएको भन्दै उनले भनेका छन्, म घरबाटै काम गरिरहेको छु ।’

डाउनिङ स्ट्रिटका एक प्रवक्ताकाअनुसार संक्रमणको पुष्टि भएसँगै उनी सेल्फ आइसोलेसनमा बसेका छन् । उनले आइसोलेसनमै बसेर सरकार चलाउनेछन् ।

आफ्नो सरकारी निवासमा आइसोलेसनमा बसे पनि भिडियो कन्फरेन्स मार्फत् कोरोनाभाइरस विरुद्धको लडाइँ लगायत सरकारका कामकारबाहीको नेतृत्व गर्ने जोन्सनले बताएका छन् ।

बेलायतमा हालसम्म करिब १२ हजार कोरोनाभारस संक्रमित छन् भने पाँच सय ७८ जनाको ज्यान गइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्