३ सय ५ जना पर्यटक लिएर कतार एयरलाइन्सको विमान काठमाडौबाट फर्कियो

काठमाडौं – काठमाडौबाट ३०५ जना पर्यटक लिएर कतार एयरलाइन्सको विमान फर्किएको छ । शुक्रबार विहान त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण भएको विमान पर्यटक लिएर फर्केको हो ।

जर्मन सरकारले नेपालमा अलपत्र परेका आफ्ना नागरिक उद्धारका लागि चार्टर्ड गरेको विमान शुक्रबार विहान काठमाडौंबाट उडेको हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले कतार एयरलाइन्सको विमान ३०५ जना यात्रु लिएर उडेको पुष्टि गरे । जहाजमा झण्डै ९० प्रतिशत जर्मन नागरिक रहेका छन् । त्यस्तै फिनल्याण्ड, अष्ट्रिया, चेक गणतन्त्र, डेनमार्क र बेलायतका नागरिक पनि रहेका जर्मनीस्थित नेपाली दूतावासले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्