‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक (भिडियो सहित)

काठमाडौंँ  – यो वर्षको प्रतिक्षित फिल्म ‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक भएको छ । फिल्मका केही महत्वपुर्ण दृश्यले गीतमा प्रथामिकता पाएको छ । गीतले गाउँको चुनावको परिवेश समेत देखाउन खोजेको छ ।
गीतमा कलाकार दीपकराज गिरीलाई गाउँले नेताको भूमिकामा देख्न सकिन्छ । गीतबाट सजिलै फिल्मको कथा राजनीतिक बिषयबस्तुमा रहेको अनुमान गर्न सकिन्छ । गीतमा दीपकको अलवा दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, केदार घिमिरे लगायत कलाकार देखिएका छन् । दीपक र दीपा जोडीको रुपमा गीतमा प्रस्तुत हँुदा स्वस्तिमा र राज अर्काे जोडीको रुपमा देखिएका छन् । थुप्रै कोरस समेत गीतमा राखिएको छ ।

गीतको शब्द राजेन्द्र थापाले कोरेका हुन् । डेभिड शंकर र साहिमा श्रेष्ठको स्वर, दीपक शर्माको संगीत रहेको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ । फिल्म हेमराज बीसीले निर्देशन गरेका हुन् । राजनीति र समाजिक बिषयमा निर्माण भएको फिल्म कमेडी जनरामा बनेको हो । आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा फिल्म निर्माण भएको हो । फिलमको प्रदर्शन मिति १९ फागुन तय गरिएकोछ । फिल्मले राम्रो ब्यवसाय गर्ने अपेक्षा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्