सरकारको विवेदभूर्ण व्यवहार तथा बित्तीय संस्थाहरुको आतंकविरुद्ध व्यवसायीहरु सडकमा उत्रिए

काठमाडौँ – नेपाल राष्ट्रिय व्यवसायी महासंघ र नेपाल व्यापार संघले आज बिरोध सभा गरेको छ । उद्योगी व्यवसायीहरुप्रति सरकारको विवेदभूर्ण व्यवहार तथा बित्तीय संस्थाहरुको आतंकविरुद्ध व्यवसायी तथा उद्योगीहरु सडकमा उत्रिएका हुन् । व्यवासयीहरु न्यूरोड गेटबाट, रत्नपार्क, भद्रकाली हुदैँ आर्मीको सँगै सार्वजनिक बाटो हुदैँ माइतीघर मण्डलामा ११ बजे जम्मा भएका थिए भने ललितपुर, भक्तपुर, कोटेश्वर, गौशाला र बानेश्वरबाट आउनेहरु एभरेष्ट होटलबाट बबरमहल हुदैँ माइतिघर मण्डलामा जम्मा भइ बिरोध सभाको आयोजना गरेका थिए । बिरोध सभामा हजारौँ व्यवसायी तथा उद्योगीहरु भेला भएका थिए । यसैगरी अधिवक्ता, – नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्की, नेपाल व्यापार संघका अध्यक्ष हरि गौतम लगायत अन्य सरोकारवालाहरु उपस्थित भएका थिए ।


बैकिंङ आतंक बन्द गर, बैंक सधै नाफामा, उद्योगी व्यवसायी घाटामा, गरीखाने मर्दैछ, सरकारको राजश्व घट्दैछ लगायतका नारा तय गरेका छन् । यसैगरी बंकिंङ ब्याजदर एक अंकमा ल्याउ, ब्याजदर घटाउ गरीखान देउ, उद्योग व्यापार बचाउँ, राष्ट्रिय अर्थतन्त्र उठाउ, स्व. प्रेम आचार्यको माग सम्बोधन गर, व्यवसायिक वातावरण कायम गर, सम्पूर्ण उद्योगी व्यवसायी एक हौँ, उद्योगी व्यवसायीलाई आत्महत्या गर्न बाध्य नपार तथा सहज व्यवसायिक वातावरण कामय गर, औद्योगिक कच्चा पदार्थ आयातलाई सहजीकरण गर, व्यापारिक कर्जा लिने बारो सहजीकरण गर, संविधानमा लेखिएको अर्थ नीति कायम गर लगायतका नाराहरु बोकेका पर्चा, पम्पलेट, ब्यानर सहित व्यवसायी सडकमा उत्रिएका थिए ।

यस्तै दोहोरो अंकको ब्याजदर आतंक बन्द गर, भीख मागेर देश चलाउने अर्थनीति बन्द गर, मूल्य बृद्धि नियन्त्रण गर, बैज्ञानिक घरभाडा कायम गर लगायतका नाराहरु सहित माइतीघर मण्डलामा धर्ना दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्