गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रवि लामिछानेको चेतावनी, गृह दिन प्रधामन्त्री प्रचण्ड अनइच्छुक

काठमाडाैँ – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर लामिछानेले आफूलाई गृह मन्त्रालय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँग दवाव दिइरहेको र गृह नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी समेत दिएका छन् ।

नागरिकता प्रकरणमा सांसद पद गुमाएका लामिछानेले आइतबार पुनः नागरिकता लिएका छन्। नागरिकता लिएलगत्तै पुनः पार्टीको सभापति बनेका लामिछानेले आइतबार पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेर गृह मन्त्रालय मागेका थिए। प्रधामन्त्री प्रचण्ड भने रविलाई गृह दिन इच्छुक छैनन्। उनले गृह मन्त्रालय आफ्नै पार्टीसँग राख्न चाहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्