मालिकार्जुनको चैतलीचौरमा हेल्थ डेस्क, सतर्क भएर बस्न अध्यक्ष धामीको आग्रह

गणेशसिंह धामी
दार्चुला – मालिकार्जुन गाउँपालिकाले वडा नं. ३ चैतलीचौरमा हेल्थ डेस्क राखेको छ । गाउँपालिका अध्यक्ष नरेन्द्र धामीले सर्बसाधारणलाई ५०० थान मास्क समेत बितरण गरेका छन । गाउँपालिकाको वडा नं. ७ जोलजीबी, वडा नं. १ भर्तोला, र वडा नं. ८ शंकरपूरमा पनि हेल्थ डेस्क राखिएको छ । गाउँपालिकाका विभिन्न ठाउँमा गरि अहिलेसम्म २ हजार ५ सय मास्क बितरण गरिसकेको र अझै बितरण गरिने गाउँपालिका अध्यक्ष धामीले उपहार खबरलाई जानकारी दिए ।

विश्वभरी फैलिरहेको कोरोना भाइरसको महामारी रोक्नको लागि मास्क वितरणले महत्वपूर्ण भुमिका खेल्ने अध्यक्ष धामीले बताए । साथै सबै नागरिकहरुमा विशेष सतर्कता अपनाउन पनि उनले आग्रह गरे । गाउँपालिका अध्यक्ष धामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि मालिकार्जुन गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रेमराज पन्त स्वास्थ्य शाखा प्रमुख गुणराज ओझा स्वास्थ कर्मी राम दत्त भट्ट, राम सिंह खत्री कम्प्युटर अपरेटर गोबिन्द सिंह धामी रहेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्