भ्रामक समाचार प्रवाह गरेको भन्दै १७ संचारमाध्यम कारवाहिमा

काठमाडौं – प्रेस काउन्सिल नेपालले अपुष्ट समाचार प्रवाह गरेको भन्दै १७ सञ्चारमाध्यमलाई कारवाही गरेको छ । जनस्वास्थ्य सम्बन्धी भ्रामक र उत्तेजक शीर्षक राखी अपुष्ट समाचार सम्प्रेषण गरेको भन्दै कारवाही गरेको हो । अनलाइन, टिभी र पत्रिका गरी काउन्सिलले ती मिडियालाई कारवाही गरेको काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए ।

पत्रकार आचारसंहिताविपरीत ती सामग्री हटाउन निर्देशनसमेत दिएको उनले बताए । कारवाहीमा परेका सञ्चारमाध्यमहरुलाई २४ घण्टे स्पस्टीकरणसमेत सोधिएको छ । यस्तै, दर्ता नभई सञ्चालित ७ वटा अनलाइनको प्रसारण नेपालभरि हेर्नै नमिल्नेसमेत बताइएको छ । प्रेस काउन्सिलले कोरोना भाइरस संक्रमण सम्बन्धमा सबै किसिमका सञ्चारमाध्यम र सञ्चारकर्मिका लागि ९ बुँदे निर्दे्शिका समेत जारी गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्