जिसस सिन्धुपाल्चोकको भवनमा आईशुलेसन वार्ड

सुशील सुवेदी
सिन्धुपाल्चोक – नोवेल कोरोना भाईरसले विश्व आक्रान्त भै रहेको बेलामा नेपाल सरकार देश र जनता प्रति जिम्मावार बन्दै चैत्र ११ गते बाट केहि दिनका लागी देशैलाई नै लकडाउन गरेको छ । विभिन्न देशहरुमा यसको प्रकोप झन बड्दै जाने क्रम बढेकोले नेपाल सरकार यो कदम चाल्न बाध्य भएको हो ।

प्रधानमन्त्री केपि शर्मा ओलीले देश र जनताको नाममा सम्बोधन गर्ने क्रममा सबै तहबाट सहयोग गर्न अपिल गर्नु भएको थियो । त्यसैले प्रकोपबाट हुन सक्ने क्षति प्रति स्थानिय तहहरु गम्भिर बन्दै सिन्धुपाल्चोकको बिभिन्न स्थानिय तहहरुमा संक्रमण बिरुद्ध अनेक खालको अभियान सन्चालन गरेको छ ।

चौतारा साँगाचोक गढी नगरपालिकाले बनदेउबाट प्रबेश हुनेहरुलाई थर्मल गन प्रयोग गरि कोरोना संक्रमित हो या होइन परिक्षण गरेर मात्र प्रबेश गरेको नगर प्रमुख आमान सिंह तामाङको भनाई छ । मेलम्ची नगर प्रमुख डम्बर बहादुर अर्यालको भनाई अनुसार नगरपालिकाको नवनिर्मित भवन कोरन्ट्वाईनको रुपमा स्थापना गर्दै ह्याण्ड सेनिटाईजर प्रयोग र हात धुने अभियान युवा संघको सम्लगनतामा सन्चालन गरेको थियो, हेलम्बु गाउँपालिका र बाह्राविसे नगरपालिकाले समेत गतिविधि सन्चालन गरेको जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामङको भनाई छ ।

जिल्ला समन्वय समितिको नव निर्मित भवनमा कोरोना संक्रमितहरुको एमेर्जेन्सी उपचारका निम्ति आईशुलेसन लाई चाहिने पुर्वधारको र अन्य आधारभूत सामग्री व्यवस्था गरि आईशुलेसन वार्ड सन्चालन गर्न सकिने जिल्ला अस्पताल र जनस्वास्थ्य कार्यालयको प्रमुखको परामर्शमा उक्त भवनलाई आईशुलेसन वार्ड स्थापना गरेको जानकारी जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको भनाई छ । हाल ४ वटा कोठामा तयारी सकेकाले आवश्यक अनुसार बढाउन समेत सकिने क्षमता उक्त भवनमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्