सिंहदरवारमा उच्चस्तरीय समितिको बैठक जारी, ‘लकडाउन’ पछिको अवस्थाका बारेमा विश्लेषण

काठमाडौ – कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक सिहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषको कार्यालयमा बसिरहेको छ । बैठकमा लकडाउनपछिको अवस्थाका बारेमा विश्लेषण भइरहेको स्रोतले जानकारी दिएको छ ।

बैठकमा सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा अहिले अवलम्बन गरेका नीति र आगामी दिनमा अपनाउनुपर्ने सजगताका विषयमा छलफल भइरहेको उपप्रधान एव् रक्षामन्त्री समेत रहेका ईश्वर पोखरेलका प्रेस सल्लाहकार लोकेन्द्र केसीले जानकारी दिए । बैठकमा गृहमन्त्री, उद्योगबाणिज्य तथा आपूर्ति मन्त्री, पर्यटनमन्त्री लगायत सुरक्षा प्रमुखहरु समेत सहभागी रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्