ब्रेकिङ – आइसोलेसनमा राखिएका यादवको मृत्युको कारण कोरोना हैन, अटो इम्युन डिजिज हो : प्रयोगशाला

काठमाण्डौ – चितवनको भरतपुरमा रहेको कोरोना विषेश अस्पतालमा उपचार गराइरहेका युवकको ज्यान जानुको कारण कोरोना नभएर अटो इम्युन डिजिज भएको खुलेको छ । टेकु प्रयोगशाला श्रोतले दिएको जानकारी अनुसार वीरगञ्जका ३० वर्षीय सन्तोष यादवको ज्यान जानुको कारण कोरोना नभएर अटो इम्युन डिजिज हो ।

यादवको उपचारका क्रममा ज्यान गएको भरतपुर कोरोना विशेष अस्थाई अस्पतालले जनाएको छ । यादवको स्वाबको नमुना संकलन गरी परीक्षणका लागि टेकु ल्याइएको थियो ।

पहिलेदेखि नै लुपुस भन्ने रोग लागेका यादवका मिर्गौला समेत कमजोर रहेको र निमोनिया र ज्वरो आएपछि चैत ९ गते अस्पतालमा भर्ना गरिएकोमा मंगलबार बिहान ९ बजे ज्यान गएको कोरोना विशेष अस्थाई अस्पतालले जनाएको छ । यादवलाई आइसोलेसनमा राखिएको थियो ।

उज्यालाे अनलाइनबाट सभार 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्