वेदकोटमा सुविधा सम्पन्न आईसोलेसन केन्द्रको उद्घाटन

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिकामा सुविधा सम्पन्न कोरोना आईसोलेसन केन्द्रको उद्घाटन गरिएको छ ।

आइतबार नगर प्रमुख ओशोककुमार चन्दले सुविधा सम्पन्न आईसोलेसनको उद्घाटन गरेका हुन् । आइसोलेसन स्थापनाले उद्घाटनले कोरोना भाइरसको रोकथामा महत्वपुर्ण भुमिका खेल्ने नगर प्रमुख चन्दले विश्वसा व्यक्त गरे । उद्घाटन कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरपालिका भित्रका सर्वदलीय प्रतिनिधिहरु, स्वास्थ्यकर्मी, नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

आइतबारै कोरोना भाइरस रोकथामको पूर्व तयारीबारे नगरकार्यपालिकाको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

कार्यपालिकाले गरेका निर्णय हरु :- 

  • भोली देखी २ दिन भित्र घरधुरी सर्वेक्षण, तथ्यांक संकलन गर्ने।विदेशबाट आएका तथा बिरामी भएका ज्वरो,रुघाखोकी र स्वास्प्रश्वासमा समस्या भएका सबैको अभिलेख राख्ने ।
  • आइसोलोसन केन्द्र स्थापनाको स्थापना गरिएको छ ।
  • क्वारेन्टाइन हाल घ स्थान र पछि सबै वडामा बनाउने ।
  • बिरामीलाई तत्काल उपचार गर्न अस्पताल पठाउने ।
  • स्वयंम सेवक परिचालन गर्न स्वास्थकर्मीबाट तालीमको ब्यबस्था गर्ने ।
  • कोरोना सम्बन्धि सचेतना अभियान संचालन गर्ने ।
  • नगर र वार्ड स्तरीय समिति गठन गर्ने ।
  • सहयोगका लागी सबैलाई अपिल गर्ने ।
  • कालोबजारी रोक्न सर्बदलिय अनुगमन गर्ने ।
  • नागरिक र जनतालाई अति आबश्यक बाहेक घरमा सुरछित बस्न अनुरोध गर्ने ।
  • सर्बदलिय बैठकले सबै पार्टीहरुले आ( आफ्नो ठाउबाट सहयोग गर्ने ।
  • हेल्पडेस्क स्थापना गर्ने ।
  • आर्थिक रुपमा बिपन्न र आर्थिक अवस्था कमजोर भएका नागरीकहरुलाई मास्क बितरण गर्ने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्