मंगलबार देखि गड्डाचौकी नाका अनिश्चितकालका लागि बन्द , महेन्द्रनगर लकडाउन गर्ने निर्णय (विज्ञप्ति सहित)

FILE PHOTO

कञ्चनपुर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गड्डा चौकी नाका पनि बन्द गर्ने निर्णय गरेको छ । मंगलबारबाट अर्को सूचना प्रकाशित नभएसम्मका लागि कञ्चनपुरको गड्डाचौकी नाका पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए ।

अहिले यो नाका भएर दिनमा हजारौं नेपाली आउने गरेका छन् । रोजगारी तथा भारतमा अध्ययन गर्न गएकाहरु कोरोना भाइरसको त्रास र बिसु पर्वका लागि घर फर्किएका छन् । तत्कालै नाका बन्द गर्दा पर्न सक्ने असरलाई ध्यानमा राखेर मंगलबारबाट बन्द गर्न लागिएको स्थानीय प्रशासनले जनाएको छ ।

‘आवश्यकता महसुस गरेर नाकामा आवत जावत बन्द गर्ने निर्णय गरेका छौं’ प्रजिअ खतिवडाले भने ‘मानिसहरूको चलह पहल शून्य गराउन यस्तो गरिएको हो ।’

यस्तै आइतबार मध्यरातिबाट जिल्लामा सबै पसल, उद्योग कलकारखाना बन्द गर्ने निर्णय गरेको छ । दैनिक उपभोग्य सामान खाद्य, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ, उद्धार तथा राहतको कार्यमा संलग्न यातायात भने खुला हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्