आज मध्यरातिदेखि कञ्चनपुर ‘लक डाउन’ यस्ताे छ प्रशासनकाे निर्णय

कञ्चनपुर – कञ्चनपुरमा जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेदेखि घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको बैठकले सर्वसाधारण नागरिकलाई आकस्मिक उपचारबाहेक अन्य कामका लागि घरबाहिर ननिस्कन आह्वान गरेको छ ।
यदि सूचनाको बर्खिलाप गरी घरबाहिर निस्किए सुरक्षाकर्मीले कानून बमोजिम कारबाही गर्न सक्ने प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।

प्रशासनले आइतबार रातिदेखि खाद्यान्न, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्धार तथा राहतको काममा संलग्न यातायातबाहेक सबै प्रकारका पसल, ब्यवसाय, उद्योग, कलकारखाना बन्द गराउन पनि प्रशासनले आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले आइतबार रातिदेखि जिल्ला ‘लक डाउन’ हुने बताए । ‘शब्दमा उल्लेख गर्दा थप त्रास होला भनेर हो’ उनले भने,‘ यो कर्फ्युजस्तै हो । यसलाई लक डाउन भन्दा पनि हुन्छ ।’

आइतबार भीमदत्त नगरपालिका, जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीहरूको बैठकले गड्डाचौकी नाका भने मंगलबार मात्र बन्द गर्ने निर्णय गरेको छ ।

अहिले नै नाका बन्द गर्दा भारतबाट घर फर्किनेहरुलाई समस्या पर्ने हुनाले दुई दिनपछि मात्र नाका बन्द गर्न लागिएको प्रजिअ खतिवडाले बताए । उनी भन्छन्, ‘भारतबाट आइरहेकाहरूलाई समस्या नहोस् भनेर दुई दिन राखेर नाका बन्द गर्ने निर्णय गरेका छौँ । बजार त आजै रातिबाट हुन्छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्