बजारमा मास्क अभाव : हेलम्बुले थाल्यो आफै बनाउन

सुशील सुवेदी
सिन्धुपाल्चोक – महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) बाट आफ्ना नागरिकहको स्वास्थ्य प्रति चिन्तित हेलम्बु गाउँपालिकाले शुक्रबारदेखि अस्थाई स्वास्थ्य केन्द्र स्थापना गरी आफ्नो सीमाक्षेत्र हुँदै प्रवेश गर्नेहरुलाई अनिवार्य स्वास्थ्य परिक्षण तथा निशुल्क मास्क बितरण कार्य लाई तिब्र पारेको छ । यो रोग बाट सर्तक रहन चाहिने आबश्यक मास्क, स्यानिटाइजर, पन्जा जस्ता सामाग्रिहरु बजारमा अभाव भएका कारण सहजै पाउन मुश्किल भएको छ ।
यो अबस्थामा हेलम्बु गाउँपालिकाले आफ्ना नागरिक र हेलम्बु प्रवेश गर्ने प्रत्येकलाई निशुल्क मास्क वितरणको लागि गाउँपालिकामै उत्पादनको सुरुवात गरेको छ । हाल देनिक ३०० वटा सम्म गुणस्तरीय मास्क उत्पादन भैरहेको र अझै बढाउँदै लैजाने गाउँपालिकाले जनाएको छ । आफ्ना नागरिकहरुलाई साबुन पानीले हात धुँदै कोरोनाबारे सचेत रहन अनिवार्य गरेर दुई वटा ‘इन्फारेट थर्मो्मिटर’ बाट तापक्रम परिक्षण गरिरहेको र थप १२ वटा ‘इन्फारेट थर्मो्मिटर’ तथा आइसोलेटेड एप्रोन खरीद गरीएको पनि जनाएको छ । स्वास्थ्य सेवालाई अझै गुणस्तरीय बनाउँदै कोरोना भाइरसको प्रभाव काठमाण्डौमा देखिए हेलम्बु प्रवेशमा थप कडाई गरिने गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिए ।

कोरोना भाइसरबाट बच्न सरकारले सबैलाइ सतर्कता अपनाउँन आग्रह गरेपछि हेलम्बु गाउँपालिकाले आफ्नो नागरिकको सुरक्षाको लागि सिमाक्षेत्र प्रवेश गर्नेहरुको अनिवार्य स्वास्थ्य परिक्षण सुरु गरेको हो । सिन्धुपाल्चोकको १२ स्थानिय तह मध्ये हेलम्बु गाउँपालिकाले पहिलो पटक सिमाक्षेत्रमा स्वास्थ्य परिक्षणको सुरुवात गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्