कैलालीमा विष्फोट, १ जनाको मृत्यु

कैलाली – कैलालीको विकट क्षेत्र गोदावरी नगरपालिका–४, फुलबस्तीमा विस्फोट भएको छ । घटनामा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ ।

कैलाली प्रहरी प्रमुख एसपी सुदीप गिरीका अनुसार अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको छ । उनका अनुसार विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको थियो ।

यद्यपि, उक्त वस्तुमा विस्फोटक पदार्थ थियो वा थिएन भन्ने प्रहरी अधिकृत घटनास्थलमा पुगेपछि मात्रै थाहा हुने गिरीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्