दार्चुला लेकम समाजद्वारा भीमदत्त नगरपालिकालाई १ हजार मास्क हस्तान्तरण

कञ्चनपुर – विश्वभरि महामारीको रुपमा फैलिएको कोरना भाईरसको संक्रमणबाट बाँच्नका लागि दार्चुला लेकम समाजले कञ्चनपुरको भीमदत्त नगरपालिकालाई मास्क हस्तान्तरण गरेकोक छ ।
आइतबार दार्चुला लेकम समाजले भारतीय सीमा संग जोडिएको कञ्चनपुरको भीमदत्त नगरपालिकालाई १ हजार थान मास्क सहयोग हस्तान्तरण गरेको हो । भारतसँग खुला सिमाना रहेको कञ्चनपर कोरोनाको उच्च जोखिममा छ । नगरपालिकाले नगर क्षेत्रमा मास्क वितरण गरेर कोरोनाको संक्रमण कम गर्न सहयोग पुग्ने भएकाले मास्क वितरण गरिएको दार्चुला लेकम समाजका संस्थापक सदस्य महेश प्रसाद पन्तले उपहार खबरलाई जानकारी दिए ।

‘नगर क्षेत्रमा वितरणका लागि आफ्नो तर्फबाट हामीले मास्क नगरपालिकालाई दिएका छौँ, ‘उनले भने, ‘महामारी र विपद्को सामना गर्नका लागि सबैले आ–आफ्नो क्षेत्रबाट हातेमालो गर्नुपर्छ ।’

मास्क हस्तान्तरण कार्यक्रममा भीमदत्त नगरपालिका प्रमुख मेयर सुरेन्द्र बिष्ट, उप प्रमुख सुशीला चन्द सिंह, प्रमुख प्रसासकीय अधिकृत पुष्कर पसाद भट्ट दार्चुला लेकम समाजका संयोजक पुरुषोत्तम भट्ट, संस्थापक सदस्य महेश प्रसाद पन्त, हरि सिंह धामी, कैलास चन्द्र गिरी, हरि दत्त जोशी, नन्द केसर जोशी लगायतको उपस्तिथि रहेको थियो ।
मास्क ग्रहण गर्दै नगर प्रमुख विष्टले विपद्का लागि सबै क्षेत्रबाट गरिने सहयोगले केहि राहत महसुस हुने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्