बहराइनमा ३ नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित

काठमाडौँ — बहराइनमा ३ नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनीहरु अलग–अलग कम्पनीमा कार्यरत थिए । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका अनुसार उनीहरुलाई सरकारले गुणस्तरीय स्वास्थ्य सेवा गरिरहेको बताए ।

‘हामीलाई यहाँको सरकारले तीन नेपाली भाइरसबाट संक्रमित भएको जानकारी दिएको छ,’ उनले भने, ‘थप एक महिला सहित ३ जनालाई परीक्षणका लागि क्वारेन्टाइनमा राखिएको छ।’

उनीहरु कार्यरत कम्पनीमा रहेका कामदारलाई पनि निगरानीमा राखिएको उनले बताए। ‘यहाँ क्याम्प र घरघरमा पुगेर स्वास्थ्य परीक्षण लिने काम भइरहेको छ,’ उनले भने । उनले क्वारेन्टाइन निकै व्यवस्थित रहेको बताए ।

बहराइनमा हालसम्म ३०५ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्