चीनको एक कारखानामा आगलागी हुँदा ३६ जनाको मृत्यु

काठमाडौँ – चीनको हेनान प्रान्तको एक कारखानामा सोमबार दिउँसो आगलागी हुँदा ३६ जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता रहेको बताइएको छ ।

समाचार एजेन्सी एएफपीले स्थानीय संगठनहरूलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । चिनियाँ समाचार एजेन्सीले पनि यसबारे जानकारी दिएको छ । चीनमा आगलागी नियन्त्रण नियमको अवहेलनाका कारण औद्योगिक कलकारखानामा आगलागीका घटनाहरु पछिल्लो समय धेरै नै सार्वजनिक भइरहेका छन् ।

सन् २०१९ को मार्चमा सांघाईबाट २६० किलोमिटर टाढा रहेको रासायनिक कारखानामा विस्फोट हुँदा ७८ जनाको मृत्यु भएको थियो ।यसअघि सन् २०१५ मा उत्तरी तियान्जिनमा रहेको एक रासायनिक गोदाममा विस्फोट हुँदा १६५ जनाको मृत्यु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्