चर्चित रेडियो कार्यक्रम प्रस्तोता महाविर विश्वकर्माको सवारी दुर्घटनामा निधन

काठमाडौँ – रेडियो कार्यक्रम प्रस्तोता महाविर विश्वकर्माको सवारी दुर्घटनामा निधन भएको छ । मंगलबार बिहान चितवनको माडीबाट काठमाडौं आउने क्रममा विश्वकर्मा चढेको माइक्रोबस दुर्घटना हुँदा निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बिहान साढे ५ बजेतिर उनी सवार रहेको बा४ ख ४१२ नम्बरको माइक्रोबसले सडकमा रोकिएको ना ४ ख ८५२२ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

विश्वकर्मा रेडियो थाहा सञ्चारमा चर्चित कार्यक्रम ‘बहकिने मन’ सञ्चालन गर्दथे । उनी आहुतीले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य पनि हुन भने सो पार्टीको जात व्यवस्था उन्मुलन मोर्चाको सचिव समेत रहेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्