गोकुलेश्वर मावि र बेतालेश्वर आविको अध्यक्षमा जगदिश विष्ट र सुरेश बिष्ट मनोनयन

दार्चुलाको शैल्यशखिर नगरपालिका–९ मा रहेको गोकुलेश्वर माध्यमिक विद्यालयको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा जगदिशबहादुर बिष्टलाई मनोनयन गरिएको छ । शैल्यशिखर नगरपालिकाको नगर कार्यपालिकाको बैठकले गोकुलेश्वर माध्यमिक विद्यालयको अध्यक्षमा जगदिशबहादुर बिष्टलाई मनोनित गरेको हो ।

यस्तै शैल्यशिखर नगरपालिका वडा नं. ९ नकतडमा रहेको बेतालेश्वर आधारभुत विद्यालय पारिगाउँ नकतडको अध्यक्षमा पनि स्थानिय सुरेश बिष्टलाई मनोनयन गरेको छ ।

यस अधि चैत्र १ गते विद्यालयमा बसेको अभिभावक भेलामा अध्यक्ष पदमा १८ जनाको उम्मेद्वारी परेको र सर्वसम्मत निर्णय गरेर अध्यक्ष टुग्याँउन नसक्दा अध्यक्षपदका सम्पुर्ण उम्मेद्वारहरुको नामावली नगरपालिकाको कार्यपालिकामा पठाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्