नेपालसँगको सीमा बन्द छैन, प्रमुख नाका मात्र खुला

भारतले नेपालले गरेको आग्रह अनुरूप मानिसको आउजाउ रोक्ने गरी सीमा बन्द गर्ने सम्बन्धमा कुनै निर्णय नभएको बताएको छ । नेपाल सरकारले बुधबार भारतसमक्ष नाकाबाट हुने आउजाउ बन्द गर्ने सम्बन्धमा औपचारिक रूपमै आग्रह गरेको थियो । नेपालको उक्त आग्रहका सम्बन्धमा कुनै जानकारी नभएको उल्लेख गर्दै विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले त्यस्तो निर्णय लिइए तत्काल सार्वजनिक गरिने बताए ।

भारतले गत आइतबारदेखि मानिसको आउजाउका लागि औपचारिक रूपमा वनबासा, सुनवल, वीरगन्ज, काँकडभिट्टा गरी चारवटा प्रमुख नाका मात्र खुला राखेको छ । प्रवक्ता कुमारले कोभिड–१९ विरुद्ध जुध्न नेपाल र माल्दिभ्सबाट र्‍यापिड रेस्पोन्स टिमका लागि भारतसमक्ष अनौपचारिक रूपमा आग्रह आएको जानकारी दिए । कोभिड–१९ नियन्त्रण गर्ने सम्बन्धमा सार्क मुलुकहरूबीच गत आइतबार साँझ भएको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आग्रह आए र्‍यापिड रेस्पोन्स टिम र स्वास्थ्य सामग्री उपलब्ध गराउन भारत तयार भएको बताएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्