होम धिताल र देवी घर्तीको स्वरमा ‘सम्धी सम्धिनी’ सार्वजनिक (भिडियो)

काठमाडौं – महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज विशेष नयाँ गीत ‘सम्धी सम्धिनी’ सार्वजनिक भएको छ ।
होम धिताल र देवी घर्तीले स्वर दिएको यस गीतमा छोरोको रुपमा राजन पौडेलको स्वर छ । सो गीतमा रेशम सापकोटाको शब्द ÷ संगीत रहेको छ । चर्चित गायक एबम सर्जक रेशम सापकोटाको निर्देशन रहेको गीतमा सरोज शाहीको छायांकन, पछिल्लो समयका लोकप्रिय भिडियो सम्पादक रोशन धितालको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा चर्चित कलाकारहरु रेजिना उप्रेती, होम धिताल, सुरबिर पण्डित, रोशनी सापकोटा, होम मिश्र, सिभांगी क्षेत्री, अर्जुन कुमार सुनार आदिको अभिनय रहेको छ ।

यस गीतलाई चर्चित म्युजिक कम्पनी धिताल फिल्मस प्रा. लि. को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । सोही गीतको भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोला ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्