मुग्लिन–नारायणगढ सडक खण्डमा दुईतर्फी नै गाडी चल्न थाले, नौबिसे–मुग्लिन सडक भने एकतर्फी

FILE PHOTO

काठमाडौ – मुग्लिन–नारायणगढ सडक खण्डमा खसेको पहिरो भने हटाइएको छ । पहिरो हटेसँगै बिहान साढे ६ बजेदेखि दुईतर्फी नै गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

गएराति पौने ४ बजे मुग्लिन–नारायणगढ सडक खण्डको केराबारीमा पहिरो खसेको थियो ।

यस्तै नौबिसे–मुग्लिन सडक खण्डका ठाउँ–ठाउँमा पहिरो खसेको छ । कालीखोला, फिस्लिङ, कुरिनटार लगायत ठाउँ–ठाउँमा पहिरो खसेको मुग्लिन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरो गएको ठाउँमा एकतर्फी गाडी चलिरहेका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्