हेलम्बुमा अवरुद्ध सडक संचालनमा, अध्यक्ष शेर्पाको पहलमा हेलिकप्टरबाट सुत्केरीको उद्धार

काठमाडौँ – गएराति बर्षासंगै आएको बाढिले मेलम्ची – हेलम्बु सडक खण्डका ठाउँ ठाउँमा बाटो बगाउँदा अवरुद्ध भएको यातायात पुनः संचालन भएको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको प्रत्यक्ष निगरानीमा क्षति भएको बाटो सञ्चालनको लागी मर्मत कार्य सम्पन्न भई यातायात सुचारु भएको हो ।

त्यस्तै, सडक क्षतिग्रस्त भएर अस्पताल पुर्याउन समस्या भएपछि एकजना गम्भिर स्वास्थ्य अवस्थामा रहेकी सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ । गाउँपालिका अध्यक्ष शेर्पाकोे पहलमा हेलिकप्टरको सहायताले सुत्केरी महिलालाई काठमाण्डौ ल्याइएको हो । अध्यक्ष शेर्पाले पानी पर्ने क्रम अझै नरोकिएकोले तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सजगता अपनाउन आग्रह गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्