‘टाटा ग्रीन ब्याट्रि’ नेपालमा सार्वजनिक

काठमाडौं – स्याकार ट्रेडिङ्ग कम्पनीले बाइक तथा स्कुटर(टु व्हीलर्स)को लागि ‘टाटा ग्रीन ब्याट्रि’ नेपालमा सार्वजनिक गरेको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै कम्पनीले टाटा अटोकोम्प जीवाई ब्याट्रिले टु व्हीलर्सको लागि बनाएको टाटा ग्रीन ब्याट्रि सार्वजनिक गरेको हो । टाटा अटोकोम्प जीवाई भारतको प्रमुख अटोमोटिभ र २ वाट ब्याट्री उत्पादन गर्ने कम्पनी हो ।

कार्यक्रममा टाटा ग्रीन ब्याट्रीका सीइओ रवि गुप्ताले टाटा ग्रीन ब्याट्री टु व्हीलर्स ब्याट्रिज भारतमा रहेका ठूला उत्पादकहरु मध्ये एक भएको बताए । उनले भारतमा भएको सफलतालाई स्याकार ट्रेडिङ कम्पनीसँग सहकार्य गरेर नेपालमा पनि विस्तार गर्न खोजेको बताए ।

यस्तै, स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतिले २ वाटका ब्याट्री सप्लायरको क्षेत्रमा भारतस्थित टाटा अटो कम्पनी एक प्रमुख कम्पनी भएको जानकारी गराए । सो कम्पनीसँगको सहकार्यले देशभर रहेका १५० डिलरमार्फत ग्राहकलाई ब्याट्री उपलब्ध गराउने अध्यक्ष ज्योतिले बताए ।

कम्पनीका स्पेयर पार्ट्स जनरल मेनेजर मुकुन्द श्रेष्टले सो ब्याट्रिमा २४ महिना वारेन्टी र २४ महिना ग्यारेन्टी रहेको जानकारी दिए । उनले ब्याट्रिको बिक्री वितरण गर्दा स्किम लागु गर्ने पनि बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्