छोटो रातको लामो कथा

कहिले गर्मीले पसिना आयो
कहिले जाडोले शरीरमा काडा आयो
कहिले आँसु आयो
कहिले हासो आयो
दुबै जना संगै थियौ र
पनि निदमा एकअर्काको
सपना आयो….
अचम्मको थियो त्यो रात
मेरा हातका औँलाहरु
तिम्रो हातमा अल्झिएका थिए
र म पनि तिमी मै अल्झिएकी थिए…
जिन्दगीको यात्रामा एकदिन हामी भेटेका थियौ
वर्षौंदेखिको पर्खाई थियो मनमा धेरै कुरा थियो
तिमी पनि टाढाबाट आएका थियौ
म पनि टाढाबाटै आएकी थिए
बिचमा हाम्रो भेट भाको थियो।
त्यो पनि छोटो समय वर्षौंदेखि को पर्खाइ तर
भेट भने एउटा रात मात्रै ।
त्यो छोटो रातको लामो कथा याद आउछ।
कतै डर कतै लाज खै कस्तो कस्तो मीठो रात थियो।
कति कुरा भेटेर गर्ने कुरा थियो तर खासै कुरा हुनै सकेन।
मात्र मन तन मात्रै बोलिरहे।
तिमी पनि उस्तै म पनि उस्तै दुबै जना जनावर भएछौ।
खै यो प्रेम थियो कि आकर्षण
सायद दुबै थियो त्यो पनि भरिपूर्ण ।
भोकाएको जनावर खाना देख्दा कसरी खानामाथि झम्टिन्छ हो त्यसरी हामी एकअर्कालाई झम्टिएका थियौ।
वर्षौंदेखि एउटा खानाको पर्खाइमा बसे जसरी
कहिले उनी मलाई चबाउने दबाउने गर्थे
कहिले म उनलाई हामी दुई सानो बालख जस्तो
भएका थियौ।
एउटा बालखलाई जसरी म उनलाई आफ्नो छातिमा टास्छु।
उनी पनि एउटा नाबालक जसरी मेरो छातिमा टासिएर खेल्न थाल्छन्।
म एउटि आमा जसरी उनलाई मेरो छातिमा खेल्न दिन्छु।
उ केही नजाने जसरी मेरो हरेक अङ्ग हेर्न छुन थाल्छन्।
कताकता तरल पदार्थ बगेजस्तो लाग्छ।
साच्चै यस्तो कहिल्यै भएन
यो भेटघाटमा हामी एकअर्कालाई रेटारेट गरेका थियौ ।
शरीर काम्न थाल्छ मुटुको गति बढेर आउँछ
उनी मेरो छातीमा खेलिरहे
मेरो मनमा केके बितेको थियो
सायद यस्तो उनलाई पनि भाको थियो
बेलाबेलामा उनी तनक्क तन्किन्छन्।
अनि मलाई निचोर्छन्।
हाम्रो शरीर तातेर उकुसमुकुस भएको थियो
सायद यौनका किरा जागेको हुनुपर्छ
मोह जालमा परे जस्तो भएको थियो
देह र शारीरिक बस्तुलाई नै सर्वश्रेष्ठ मानेका थियो
सुद्धिबद्धि हराएछ र हामी मायाजालमा लल्ठिएछौ।
प्रेमको नशा लागे जस्तै भएछौ
हाम्रो होश हराएको छ लाग्छ यो संसारमा उनी र म बाहेक कोही पनि छैन।
मातको नशा लागेर उनी एउटा खाल्डोमा अचानक पस्छन्
म चिच्याउने रहेछु उनी सबै ठिक छ नआतिनु भन्छन् म कती ज्ञानी हस् भन्छु।
उनी कहिले उफ्रिन्छन्
कहिले घस्रिन्छ कहिले चोट लागे जसरी आ र उ गरेको पनि सुन्छु
एकैछिनमा थाकेछन् कि क्या हो
उनी पसिनाले भिज्छन् र आराम गर्छन् मेरो छातिमा।
साच्चै उनी धेरै पटक खाल्डोमा रमाउछन्
उनी रमाएको देखेर म पनि रमाउछु।
उनलाई खाल्डोमा खेल्न सहयोग गर्ने म पनि थाक्छु र उनको देहमा निदाउछु।
हाम्रो त प्रेम थियो तर किन हामी शरीरलाई नै
बढी प्रयोग गर्यो थाहा छैन।
सायद आफुलाई मन परेको मान्छे संग शारीरिक चाहाना भएर होला।
भेटेर धेरै कुरा गर्ने सल्लाह थियो तर खै त हाम्रो कुरा नै हुदैन ।
उनी पनि मलाई छोड्दैनन्
र म पनि उस्तै उनलाई छाड्दिन
साच्चै हाम्रो प्रेमको लडाइ नै भैरह्यो
एकपटक होइन पटकपटक कस्तो अचम्म थियो त्यो रात।
लामो लामो सासले कोठा नै गुन्जियो हामी खै कुन बेला एकअर्कालाई छोएर निदाएछौ।

कामुक लेखक / रचनाकार : ममता अर्याल (लैलै) 

ठेगाना : छत्रकोट गाउँपालिका–३, लुम्छा, गुल्मी

ममता अर्यालका थुप्रै लेखहरु पढ्नसक्नुहुनेछ ।

अधुरो प्यास (यौन कथा)

काली आईमाई – कामुक/यौन कथा

परस्त्री संग प्रेम

श्रृङ्गारिक रचना

सम्बन्ध

को हुन ममता अर्याल लैलै ? साहित्यसँगै पर्यटन प्रवर्द्धनमा उनको भूमिका

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्