होटलमा आज पनि उनी भन्दा म पहिले आइपुगेको रहेछु।
हामी बेलाबेलामा लुकिलुकि भेट्ने गर्थ्याै।
हाम्रो भेट्ने ठाउँ सधै जस्तो एउटै हुन्थ्यो।
हामी दुबैको बिहे भएको थियो
उनका पनि श्रीमान् छन्
मेरी पनि श्रीमती छिन्।
तर पनि हामी दुईको प्रेम बसेको थियो।
मेरो २ दुई छोरा श्रीमती संगको परिवार छ।
मेरो आफ्नै निजि अफिस छ।
उनको श्रीमान् अब विदेशबाट आउने कुरा भएको छ
त्यसैले श्रीमान आउनु अगाडि भेट्ने कुरा भएको थियो र म हामी सधै भेट्ने होटलमा आएर उनको प्रतीक्षामा बसेको छु।
कुरा आजभन्दा २ वर्ष पहिलेदेखिको हो।
म आफ्नै कामले बाइकमा अफिस जाँदै गर्दा
उनिले आफ्नो ६ वर्षको छोरालाई विद्यालय पुराउन आएकी हुन्छिन।
पहिलोपटक मैले उनलाई त्यहा देखेको हुन्छु।
तर हाम्रो कुरा चाहिँ हुदैन मात्रै म उनलाई देख्छु
उनलेे मलाई ख्याल गर्दिनन्।
नमोटि न पातली भद्र देखिने शिरमा सिन्धुर लगाएकी।
काली काली हसिली स्त्री
सुर्वाल संग टिसर्ट लगाएकी कपाल पछाडि बाधे जस्तो
तर धेरै कपाल बाहिर हावामा उडेको
साथमा छोराको झोला एउटा हातले बोकेकी
अर्को हातले छोराको हात छोपेकी उनिमा मेरो नजर गडेको थियो।
दिनदिनै म अफिस जादै गर्दा उनले आफ्नो छोरा विद्यालयमा पुराउन आउने गर्थिन।
उनी स्त्री संग बोल्न मन लाग्छ खै पहिलो नजरमा नै आफ्नै मान्छे हो जस्तो लाग्छ।
खै कसोकसो गर्दा उनलाई मैले फेसबुकमा भेटाउछु र एड गर्छु र हामी फेसबुके साथि हुन्छौ।
र हाम्रो कुरा हुन्छ।
कुरा हुदै जादा
उनी म बस्ने शहरको एउटा घरमा भाडामा बसेर आफ्नो ६ वर्षको छोरालाई पढाउने गर्ने कुरा थाहा पाएको हुन्छु।
साथै यो पनि थाहा हुन्छ। उनका श्रीमान विदेशमा छन्।
मैले पनि सबै कुरा बताएको हुन्छु आफ्नो बारेमा।
उनी आफ्नो छोरा बिद्यालय छोड्न आउदा प्रतक्ष बोल्न नसके पनि उनि मुसुक्क मुस्कुराउने गर्थिन्।
म पनि मुसुक्क हास्दै जान्थे।
त्यो ५ सेकेन्डको देखादेखले मन मुटु खुसीले नाच्ने गर्थ्यो।
फेसबुकमा दिनप्रतिदिन को कुरा कानिले हामीलाई नजिक बनायो।
बिस्तारै उनी संग बोल्ने बानी नै बसिसकेको हुन्छ।
म्यासेजमा मात्रै कुरा भएको हुन्छ।
तर एकदिन मैले भिडियो कल नै गर्छु
पहिलोपटक उनको आवाज भिडियो कलमा सुन्छु। आहा कस्तो मीठो आवाज लागेको थियो।
खै डरले लाजले होला खासै कुरा हुदैन।
न उनी बोल्न सकिन न म।
पछि बिस्तारै म्यासेज छोडेर कल र भिडियो कलमा नै कुरा हुन थाल्यो।
म आफ्नो निजि अफिसमा बसेर बोल्थे उनी आफ्नो भाडाको कोठामा बसेर।
म उनको श्रीमान् कुन देश के गर्नु हुन्छ यस्तै सोध्थ्य
केही अप्ठ्यारो परेमा मलाई सम्झनु भन्थे
उनी कति खुसी हुँदै हस् भन्थिन्।
उनले पनि म र मेरो परिवारको बारेमा सोध्थिन्।
म सबै दुखसुख सुनाउथे।
कसम उनलाई मनका हरेक कुरा बताउन मन लाग्थ्यौ।
जुन कुरा म आफ्नो श्रीमती लाई भन्न सक्थेन त्यो कुरा उनलाई सजिलै भन्थे।
साच्चै भन्नुपर्दा मलाई परस्त्री संग प्रेम भएको थियो।
कहिलेकाही लाग्थ्यो मेरो साचो प्रेम हुदै छ त्यो पनि अर्काको श्रीमती संग।
प्रेम गर्न लाई बिहे नै गर्नु पर्छ भन्ने छैन
विवाह भनेको स्त्री पुरुषमा बिचमा श्रीमान र श्रीमती को सम्बन्ध कायम बनाउने धार्मिक र सामाजिक कार्य मात्रै रहेछ।
विवाह पछि पनि त प्रेम हुन्छ।
विवाह एउटा संग प्रेम एउटा संग पनि हुन सक्ने रहेछ।
हो आज कताकता त्यस्तै लागेको छ।
अर्काको श्रीमती तर कस्तो माया लागेको थियो
यो कुरा यहि मनलाई थाहा थियो।
अब त सधै म अफिस जादा उनी छोरा विद्यालयमा पुराउन आउदा बाइक रोकेरै बोल्न थालेको थिए।
उनी मलाई नमस्ते गर्दै आफ्नो छोरालाई अंकल लाई नमस्कार गर छोरा भन्थिन।
म असाध्यै खुसी हुने गर्थे।
उनको छोरालाई बाबु भन्थे
बाबुलाई सधै मिठाइँ दिने निउमा उनिसंग बोल्ने गर्थे।
उनी जिस्किए जसरी मलाई खै त मिठाइ भन्थिन।
हामी एकअर्काको मोबाइल नम्बर पनि राखेका थियौ।
कहिलेकाही नेट नचल्दा बत्ती नआउदा हामी फोनमा बोल्ने गर्थ्यो।
तर हामी रातिमा भने बोल्ने गरेका थिएनौ।
उनी आफ्नो श्रीमान संग बोल्थिन् म आफ्नो परिवार संग हुन्थे।
हाम्रो समाजमा अर्काको श्रीमान श्रीमती संग हास्दै बोल्दा हेर्ने नजर फकर छ।त्यसैले पनि हामी परिवारको अगाडि कुरा गर्थेनौ।
तर दिनप्रतिदिन हाम्रो माया गाढा हुदै गयो।
हामी एकपल पनि नबोलि बस्नै नसकिने हुन लागिएछ।
म समय मिल्दा रातिमा पनि उनिसंग बोल्ने गर्थे ।
प्रेम प्रस्ताव त राखेको थिएन तर उनले मलाई र मैले उनलाई मन पराउछौ भन्ने कुरा मनले बुझ्न थाल्यो।
परस्त्री लाई मन पराए भन्दैमा घरको श्रीमती हेला गरेको चाहिँ होइन।
साच्चै प्रेम एकपटक होइन पटकपटक हुने रहेछ भन्ने कुरा बुझे।
मेरो श्रीमती संग बिहे सम्बन्धको प्रेम थियो।
प्रेम भएर त २ छोरा भाको थियो।
बिहे पछि अरु मन नै नपर्नु अरु राम्रो नलाग्नु त होइन नि। प्रेम जहाँ जहिले र जो संग पनि हुन सक्ने रहेछ।
त्यस्तै मेरो पनि अहिले यो उमेरमा परस्त्री संग प्रेम भयो।
म मेरो श्रीमती लाई जति माया गर्छु। उनी पनि आफ्न श्रीमान् लाई त्यति माया सम्मान गर्छिन्।
तर पनि हामी दुई परिवारमा कसैले गाह्रो नपर्ने गरि खुसुक्कको प्रेममा थियौ।
हामी बिच प्रेमका मात्रै कुरा हुन लाग्यो
प्रेमको कुराले कताकता प्यास र आसका कुरा उनले गरे जस्तो पनि लाग्थ्यो।
हुन पनि हो विदेशी बुढा कहिलेकाही उनको पनि मन हुदो हो।
पैसाले मात्रै सबै कुरा कहाँ पुग्छ र है केही कुरा पैसाले पनि किन्न नसकिने लाज लाग्ने हुन सक्छ।
तर मलाई त उनी बोली दिए मात्रै पुग्थ्यो।
म दुई छोराको बाहु साथमा श्रीमती भएको मान्छे लाई यौवनको प्यासका कुरा कुनै नौलो होइन ।
उनको छोरा विद्यालयमा हुदा
म धेरै पटक उनको कोठामा गएको छु।
एउटा बन्द कोठा भित्र हामी दुई
मन समाल्न धेरै गाह्रो सुरुसुरुमा गएर चिया खाएर फर्किने म।
बिस्तारै चियाले मन बुझाउन सकिएन।
चिया पछि खाजा
खाजा पछि खाना भात
र भात पछि रात सम्म हाम्रो सम्बन्ध भयो ।
चिया खाए देखि रात खाएको सम्म हाम्रो सम्बन्ध चलिरहेको छ।
कहिलेकाही त घरमा र यता एकैपटक खुसी पनि बनाएका दिन छन्।
मलाई उनी संसारकै प्यारो लाग्छ।
म उनको खुसीको लागि मर्न पनि तयार
होइन कति साह्रै माया लाग्यो है परस्त्रीको अचम्म लाग्छ।
उनको कोठामा धेरैपटक जादा संका हुन्छ भनेर
हामी एउटा होटलमा पनि जाने गर्थ्यो।
जहाँ सम्बन्ध बुढाबुढीको राख्थ्यौ।
कहिलेकाही रातै बिताउने गरि बाबुलाई पनि संगै लैजाने गर्थ्यो।
होटलको बन्द कोठाभित्र उनी म अनि निदाएको बाबू।
रातलाई नसुताएरै हामी उठेका रात पनि ताजै जस्तो लाग्छ।
शारीरिक सम्बन्ध नै नराखेर बिताएका साथ र रात पनि धेरै छन्।
केही दुखसुखका पलमा
उनी मेरो काखमा रोएकी म उनको काखमा रोएका पनि थियौ ।
आजसम्ममा उनको श्रीमान् ले संका नगरेपनि
मैले धेरै नै मोबाइल चलाउदा कहिलेकाही मेरो श्रीमतीले संका चाहिँ गरेको पनि हो।
तर म मायाले कुरा मिलाए पछि सबै ठिक भाको थियो।
आफ्नो श्रीमान् अरु संग लाग्छ कि भनेर चिन्ता लिनु
अरु महिला संग बोल्दा रिस गर्नु पनि स्वाभाविक नै हो।
एउटा मात्र फूल मन पराउनु पर्छ भन्ने कहाँ छ र
गुलाफ मात्रै प्यारो अरु फूल नराम्रो भन्ने त होइन नि
कसैले गुलाफ पनि मन पर्छ मखमली पनि मन पर्छ र लाली गुरास पनि मन पर्न सक्छ।।हरेक फूलको आफ्नो विशेषता हुन्छ।
हो मलाई घरको फूल पनि प्यारो र परको फूल पनि प्यारो।
करिबकरिब २ वर्ष हुन लागेको थियो सम्बन्धमा बसेको पनि ।
कहिले दुख कहिले सुख कहिले झगडा कहिले रिस पनि भाकै हो ।
तर झगडा र रिसमा पनि अथाह माया थियो।
उनका श्रीमान अब विदेश बाट आउने कुराले
मलाई कताकता चोट पुराएको कुरा मेरो मनलाई मात्रै थाहा छ।
हुन त उनका श्रीमान नै परे
म मेरो श्रीमती संग हुदा छुदा पनि उनलाई कताकता चोट लाग्थ्यो होला । मलाई भन्न नसकेको हुन पर्छ।अहिले मलाई त्यस्तै लागेको छ।
श्रीमान आएर के भयो र हाम्रो माया सम्मान एकअर्कालाई छदैछ नि भन्छु मनमनै।
तर पनि खै कस्तो कस्तो लाग्छ।
अचानक कसैले ढोका ढकढक्याउछ म झसङ्ग हुन्झ पक्कै उनी हुनु पर्छ।
म उनको कल्पनामा साथै विगतका कुरामा हराएको रहेछु।
म ढोका खोल्छु।
करिबकरिब ३०/३५ मिनेट पछि उनी आएकी हुन्छिन् ।
मलाई देख्ने बित्तिकै अंगालोमा बेरिदै म तपाई बिना बाच्नै सक्दिन भन्छिन्।
उनी एक्लै आएकी रहेछिन् बाबू विद्यालय हुनु पर्छ।
हामी ढोका लगाउछौ र दुख सुखका कुरा सम्झिदै कहिले रुन कहिले हास्न थाल्छौ।
लेखक / रचनाकार : ममता अर्याल (लैलै)
ठेगाना : छत्रकोट गाउँपालिका–३, लुम्छा, गुल्मी
ठेगाना : छत्रकोट गाउँपालिका–३, लुम्छा, गुल्मी