नेपाली काँग्रेसको तर्फबाट शैल्यशिखर नगरपालिका–७ को वडा अध्यक्ष पदका लागि जोशी सर्वसम्मत उम्मेदवार

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. ७ को वडा अध्यक्ष पदका लागि नेपाली काँग्रेसबाट दिवाकर जोशी सर्वसम्मत उम्मेदवार चयन भएका छन् । आइतबार नेपालीका काँग्रेसका नेता तथा शैल्यशिखर नगरपालिका प्रमुख अमरसिंह धामीको उपस्थितिमा जोशी सर्वसम्मत उम्मेदवार चयन भएका हुन् । हाल वडा नं. ७ मा नेपाली काँग्रेसकै तर्फबाट जयानन्द जोशी वडा अध्यक्ष छन् । जोशीले वडा अध्यक्षमा दाबी नगरेपछि युवा पुस्ताका नेता दिवाकर जोशी सर्वसम्मत उम्मेदवार चयन भएका हुन् । नेपाली काँग्रेस शैल्यशिखरले नगर प्रमुख र उप प्रमुखमा समेत पुरानै उम्मेदबार अमरसिंह धामी र राजमती पाललाई देहर्याउने निर्णय गरेको छ । हालपनि कांग्रेसको तर्फबाट शैल्यशिखर नगरपालिकामा मेयरको जिम्मेवारीमा रहेका धामी पुनः मेयर पदका लागि सर्वसम्मत चयन भइसकेका छन् भने हाल पनि उपप्रमुख पदमा रहेका पाल उपप्रमुखकै लागि सर्वसम्मत चयन भएका छन् ।

आसन्न स्थानीय तहको निर्वाचन नजिकिदैं गर्दा शैल्यशिखरका अधिकांश वडाहरुमा सर्वसम्मत रुपमा वडा अध्यक्षका उम्मेदवार टुग्ंयाएको छ भने बाकी वडामा पनि छिट्टै उम्मेदवारको टुङ्गो लगाउने शैल्यशिखर काँग्रेसले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्