नाबालिग गायिकाले बयान फेरिन, पल शाह प्रकरणले नयाँ मोड लिने संकेत

काठमाडाैँ – अभिनेता पल शाहले आफुलाई बलात्कार गरेको आरोप लगाउँदै अदालत गएकी एक नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् । नाबालिगले बयानका क्रममा अरूको उक्साहटमा जाहेरी दिएको बताएकी छिन् । तनहुँ जिल्ला अदालतमा आज आइतवार नाबालिगको तर्फबाट बकपत्र हुने क्रममा अदालतमा आफूमाथि कलाकार पल शाहले बलात्कार नगरेको बयान दिएकी हुन् ।
दबाब र प्रलोभनमा परेर बालिकाले बयान फेरेको हुन सक्ने कानुन व्यवसायीले बताएका छन् । नाबालिगका बुबा, आमालगायतको बकपत्र भने बाँकी छ । बुबा, आमालगायतले गरेको बकपत्र कस्तो हुन्छ त्यसको आधारमा मुद्दा थप कसरी अघि बढ्ने भन्ने निश्चित हुने कानुन व्यवसायीहरूको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा १७ वर्षीया किशोरीका बुबाले म्युजिक भिडियो छायाङ्कनका क्रममा शाहले बारम्बार जबरजस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै गएको फागुन ११ गते जाहेरी दर्ता गराएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्