खेतमा लगेर १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

बर्दिया – १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका–३ खुरखुरे बस्ने सुर्खेत ब्राह्राताल गाउँपालिका–४ घर भएका २५ वर्षीय गगन कामीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । सोही नगरपालिका–६ पथ्थरडाँडास्थित खेतमा किशोरीलाई शुक्रबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्