सम्बन्ध

केटाले नम्बर माग्यो तिमीले दियौ
केटाले तस्बिर माग्यो तिमीले दियौ
केटाले भिडियो कल गरौ भन्यो तिमीले गरेउ
केटाले पछ्यउरी हटाउ भन्यो तिमीले हटायौ
केटाले केही कुरा हेर्ने आस गर्यो तिमीले पूरा गरिदियौ
केटाले भेट्ने कुरा गर्यो तिमीले बाबा आमा लाई धोखा दिएर उसलाई भेट्न गयौ।
अनि केटाले पार्कमा लगेर तिम्रो तारिफ गर्दै पार्क घुमायो तिमी मख्ख पर्दै घुम्यो।

र पार्ककै छेउमा चिसो जुस पिउदै केटाले हात लगायो,इसारा गर्यो
तर तिमीले नया जमाना हो भनेर सबै चल्न दिनु भयो ।

र केटाले होटलमा कोठा लिने कुरा राख्यो… तिमी लजाउदै भो बिहे भन्दा अगाडि यो सब राम्रो हुदैन भन्यो

अनि केटाले २/३ पटक भनिराख्दा तिमी तयार भयो होटलको कोठामा जान….
तिमीहरु दुई बिच सम्भोग भयो
एक कुराले दुलहा दुलही भयो तर बच्चा नहोस् यो कुरामा ध्यान चाहिँ दियौ।

अनि एक दिन केटाकेटी बिच झगडा भयो र सबै अन्त्य भयो ।
र तिमीले केटालाई दोष लगायौ। मलाई उसले लुट्यो भन्यौ।

एकछिन एकछिन
यहाँ केटा गलत छैन। तर पनि भन्छन् केटा दोषी छ सबै केटाले गर्दा भएको हो।
किनकि तपाईले तस्बिर दिनु भाको थिएन होला है
तपाईले नम्बर पनि दिनु भाको थिएन होला
केटाले जबर्जस्ती मोबाइल भित्र गएर लिएर गाको थियो होला।
तपाईले भिडियो कल पनि गर्नु भाको थिएन होला केटा तपाईंको घरमै गएर हेरेको थियो होला।
पार्क र होटलमा पनि तपाईलाई जबर्जस्ती घरबाट लतारेर लिएर गाको थियो होला।

तर दोषी केटा छ। तपाई होइन ।
तपाई ५ वर्षको अन्जान बच्चा हो?
तपाई केही कुरा बुझ्नु हुदैन ?
मिडिया समाचारमा दिनप्रतिदिन आएका यस्ता घटना बुझ्नु हुन्न?

आफ्नो नग्न तस्बिर पठाउनु पार्कमा जानू चिसो जुस पिउदा केटाले इसारा गर्नु… तपाईलाई थाहा थिएन होटलको चार भित्तामा केटाकेटी नग्न भएर शरीरको लाज हटाउछन् भन्ने?

थाहा थियो तपाईलाई ,सबै थाहा छ तपाईलाई…..

तपाई आफ्नो ठाउमा रहनुस् तपाईलाई कसैले पनि नोक्सान गर्न सक्ने छैन।
र तपाई पनि तयार हुनुन्छ भने यसले मलाई लुट्यो नभन्नुस्
दुबैले माया जस्तो पबित्र नातालाई बदनाम नगरौ
माया मन हेरेर गरौ तन हेरेर होइन ।
#लैलै✍️

 

लेखक / रचनाकार : ममता अर्याल (लैलै)
ठेगाना : छत्रकोट गाउँपालिका–३, लुम्छा, गुल्मी

 

को हुन ममता अर्याल लैलै ? साहित्यसँगै पर्यटन प्रवर्द्धनमा उनको भूमिका

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्