जर्ज फ्लोइडका हत्यारालाई २० वर्षभन्दा लामो जेल सजाय

जर्ज फ्लोइडको घाँटी थिचेर हत्या गरेको अभियोग लागेका पूर्व प्रहरी अधिकारीमाथि २२ वर्ष ६ महिना जेल सजाय तोकिएको छ । मेई २०२० मा अमेरिकाको मिन्नियापोलिसमा डेरेक चाउभिनले ४८ वर्षका फ्लोइडको घाँटी थिचेका थिए । नौ मिनेटसम्म चाउभिनले फ्लोइडको घाँटीमा घुँडाले टेकेका थिए । न्यायाधिसका अनुसार चाउभिनले पदको दुरुपयोग गरेको तथा फ्लोइडमाथि क्रुरता देखाएका कारण यस्तो सजाय तोकिएको हो । फ्लोइडको मृत्युसँगै विश्वभर रंगभेद र प्रहरी दमनविरुद्ध आन्दोलन चर्किएको थियो । त्यसयता, गत वर्ष ४५ वर्षीय चाउभिनविरुद्ध सेकेन्ड डिग्री मर्डर र अन्य अभियोगहरु लगाइएको थियो ।

अन्य तीन पूर्व प्रहरी अधिकारीहरुलाई पनि अलग–अलग रुपमा जर्ज फ्लाईडको मानव अधिकार हनन गरेको भन्दै मुद्दा चलाइएको थियो । फ्लोइडको परिवार र उनका समर्थकहरुले यो फैसलाको स्वागत गरेका छन् । फ्लोइडकी बहिनी बिग्रेट्ट फ्लोइडले भनिन्,‘ प्रहरी दमनका घटनालाई पनि अन्तत गम्भिर रुपमा लिइन्छ भनेर यो सजायले देखाएको छ । तर अझै लामो बाटो बाँकी नै छ ।’

सुनुवाईमा के भयो ?
सुनुवाईका क्रममा फ्लोइडका भाई टेरेन्स फ्लोइडले अधिकतम उपलब्ध सजाय अर्थात् ४० वर्षको सजाय दिन माग गरेका थिए । ‘किन ? तिमी के सोच्दै थियौं ? जब तिम्रो घुँडा मेरो दाईको घाँटीमा थियो, तब तिम्रो टाउकोमा के चलिरहेको थियो ?

फ्लोइडकी ७ वर्षिया छोरी जियन्नाको भिडियो रेकर्डिङ पनि अदालतमा पेश गरिएको थियो । जियन्नाले आफ्ना बाबुलाई निकै मिस गरिरहेको बताइन् । ‘म उनीबारे सधैं सोधिरहन्छु,’ उनले भनिन्,‘मेरो ड्याडीले सधैं मलाई दाँत माझ्न सहयोग गर्नुहुन्थ्यों ।’

न्यायाधिसले समुदाय र देशकै लागि यो प्रकरण पीडादायी भएको बताए । तर सबैभन्दा ठूलो पीडा फ्लोइडको परिवारले व्यहोर्नुपरेको उनले बताए । ‘यो सजाय भावना वा सहानूभूतीमा आएर गरिएको होइन । तर, यही समय म यो स्विकार्न चाहन्छु कि सबै परिवारले दर्दनाक पीडा भोगेका छन्, विशेषगरी फ्लोइडको परिवारले,’ न्यायाधिस पिटर चाहिलले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्