मार्मा गाउँपालिकाले ल्यायो ४५ करोड ४७ लाखको बजेट

दार्चुला – दार्चुलाको मार्मा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । शुक्रवार मार्मा गाउँपालिका उपाध्यक्ष शर्मिल सिंहले एघारौं गाउँसभामा बजेट सर्वाजनिक गरेका हुन् ।

संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदान ११ करोड ५९ लाख, सषर्त अनुदान १६ करोड अन्ठाउन्न लाख, समपुरक अनुदान ७० लाख, विषेश अनुदान ६ करोड २४ लाख, राजश्व बाडफाड बाट प्राप्त हुने ८ करोड २८ लाख ४४ हजार, प्रदेश सरकारको समानिकरण अनुदान ८२ लाख ४८ हजार, प्रदेश सरकार राजस्व बाँडफाँड ११ लाख १७ हजार, समपुरक २५ लाख, विशेष अनुदान ३८ लाख ६० हजार गरि कुल ४५ करोड ४७ लाख १९ हजारको बजेट सार्वजनिक गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्