भिडभाड जम्मा हुनेगरी सार्वजनिक कार्यक्रम नगर्न नौगाड गाउँपालिकाको अपिल

दार्चुला – नौगाँड गाउँपालिकाले भिडभाड जम्मा हुने गरी सार्वजनिक तथा औपचारिक कार्यक्रम आयोजना नगर्न अपिल गरेको छ ।

कसैसँगहात नमिलाउन र अंकामाल समेत नगर्न अनुरोध गरेको सूचनामा उल्लेख छ
। कोरोना भाइरसको जोखिमका कारण गाउँपालिकाले यो सूचना निकालेको हो ।

बिहीबार गाउँपालिका अध्यक्ष प्रेमसिंह धामीले सूचना जारी गर्दै गाउँपालिका भित्रका स्कुलहरूमा २०७६ सालमा संचालन गर्नुपर्ने कक्षा १–९ सम्मको परीक्षा चैत ५ गतेभित्र सक्न अनुरोध गरेको छ ।

उनले कसैको टाउको दुखेमा, ज्वरो आएमा, रुघाखोकी लागेमा, श्वासप्रश्वासमा समस्या आएमा तुरुन्त स्वास्थचौकी जान समेत सूचनामा भनिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्