कोरोना भाइरसको असर नेपाली मास्क उद्योगमा, कच्चा पदार्थकाे अभाव

कोरोना भाइरसको असर नेपाली मास्क उद्योगमा पनि परेको छ । कोरनाको संक्रमण देखिएपछि चीनले वस्तु निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको प्रभाव नेपाली उद्योगमा पनि परेको छ । नेपाली उद्योगले ‘एयर फिल्टर मास्क’ का लागि चाहिने कच्चापदार्थ चीनबाटै आयात गर्ने भएकाले उत्पादनमा प्रभाव परेको उद्योगीहरुको भनाई छ ।

वीरगन्जको मलंगवास्थित मास्क उद्योग एक महिनादेखि बन्द रहेको छ  भने बनेपाको साँगामा सञ्चालित उद्योगसँग भने एक हप्तासम्म मास्क उत्पादन गर्ने मात्र कच्चापदार्थ रहेको छ । मास्कका लागि मेलबन (फिल्टर पेपर), नोज लुप, इलास्टिक, कपडा कच्चापदार्थ चाहिन्छ ।

सामान नभए आफ्नो उद्योग पनि बन्द हुने अवस्थामा पुगेको छ । कच्चापदार्थ आयात गर्दा ३५ प्रतिशत र तयारी सामानमा १५ प्रतिशत भन्सार महसुल लाग्छ । यसले विदेशीको तुलनामा स्वदेशी मास्क २÷३ रुपैयाँ महँगो पर्ने हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्