अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट, १० जनाको मृत्यु, दर्जन बढी घाइते

अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ । काबुलको सुन्नी मस्जिदमा हिजो बेलुका भएको विस्फोट हुँदा १० जनाको ज्यान गएको छ ।

१५ जना घाइते भएका समाचार संस्था एएफपीले जनाएको छ । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तालिबानले सत्ता कब्जा गरेपछि केही शान्त बनेको अफगानिस्तानमा पछिल्लो समय बम विस्फोटका घटना बढ्न थालेका छन् । गएको शुक्रवार पनि विभिन्न ठाउँमा बम आक्रमण भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्