चितवनमा काँग्रेस नेता पौडेलले लिएनन् उम्मेदवारी फिर्ता, रेनु दाहाल समस्यामा

चितवन – भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिएनन् ।

उनलाई उम्मेदवारी फिर्ता गराउनका लागि गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले दुई दिन भरतपुरमै बिताएका थिए । तर पौडेलले अडान नछोडेपछि उनीहरु शुक्रबार दिउँसो काठमाडौं फर्किएका थिए ।

उनीहरुले पौडेलको उम्मेदवारी फिर्ता गराउने प्रयासस्वरुप पौडेलका समर्थक कृष्णलाल सापकोटा लगायतका कांग्रेस नेताहरुसँग छलफल गरेका थिए । तर उनीहरुले पनि उम्मेदवारी फिर्ता गर्न मानेनन् । ‘उम्मेदवार मात्र होइन, प्रस्तावक र समर्थकले नै उम्मेदवारी फिर्ता लिन मान्नुभएन,’ छलफलमा सहभागी एक नेताले भने ।

सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई समर्थन गर्ने निर्णय गरेका थिए । पौडेलले उम्मेदवारी फिर्ता नलिएपछि पचण्डपुत्री रेनुलाई चुनाव जित्न समस्या हुने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्