अछाममा चट्याङ्ग लागेर एक जनाको मृत्यु

काठमाडौँ – अछाममा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् ।

गएराति हावाहुरी र पानीसँगै परेको चट्याङ्ग लागेर अछामको पञ्चदेवल निवायक नगरपालिका वडा नम्बर ७ को पुल्लेतोला काटियाँका १२ वर्षीय सुरत कामीको ज्यान गएको हो ।

जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी दिपेश रिजालका अनुसार घाइतेहरुमा ६० वर्षका रने कामी, ५५ वर्षका मना कामी, ५० वर्षकी जयसरा कामी र ७० वर्षका वृकिसे रावल हुन् । घाइते सबैको अवस्था सामान्य रहेकाे रिजालले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्