भारतको आसाममा विषालु च्याउ खाँदा १३ जनाको ज्यान गयो, ३५ जना बिरामी

भारतको आसाममा विषालु च्याउ खाँदा १३ जनाको ज्यान गएको छ । ३५ जना बिरामी परेका छन् ।

आसामको चराइदेव, डिब्रुगढ, शिवसागर र तिनुसुकिया जिल्लामा विषालु च्याउ खाँदा १३ जनाको ज्यान गएको हो । गएको सोमवार चार जनाको र अस्ति मङ्गलवार नौ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । च्याउ खाएर बिरामी परेका ३५ जनाको उपचार भइरहेको छ ।

उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ । उनीहरुले सामान्य च्याउ सम्झेर खाएको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्